6 years ago
October 31, 2018
मड्रिड (एजेन्सी) – एट्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रे अन्तरगतको पहिलो लेगमा दोस्रो डिभिजनको क्लब सन्ट एन्ड्रियुमाथि कठिन जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा एट्लेटिकोले सन्टलाई उसको मैदानमा १–० को कठिन जित निकालेको हो । एट्लेटिकोको जितमा गिल्सन मार्टिन्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले खेलको ३३ औं मिनेटमा भिटोलोको पासलाई गोलमा परिणत गरेका थिए ।
खेलभर एट्लटिकोले दवावमा राखेपनि थप गोल निस्कन नसक्दा गिल्सनको गोल नै निर्णायक बन्यो । जितपछि एट्लेटिकोले कोपा डेल रे को पाचौ चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लेग ६ डिसेमवरमा एट्लेटिकाको घरेलु मैदानमा हुनेछ ।
कोपा डेल रे अन्तरगत मंगलबार राति नै भएको अर्काे खेलमा भ्यालेन्सियाले इब्रोमाथि २–१ को जित निकालेको छ । लुगोले लेभान्टेलाई १–१ गोलको बराबरीमा तथा लेगानेस र रायो भालेकानोले २–२ गोलको बराबरी खेले ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]