6 years ago
October 31, 2018
लन्डन (एजेन्सी) – फुटबल एसोसिएसन (एफए) ले चेल्सीका सहायक प्रशिक्षक मार्काे लान्नीलाई ६ हजार पाउन्ड जरिवाना सुनाएको छ ।
एफएले प्रिमियर लिग अन्तरगत गत साता म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको २–२ गोलको सकिएको खेलमा चेल्सीका प्रशिक्षकले म्यानचेस्ट युनाइटेडको बक्समा गएर गोलको खुशीयाली मनाएको भन्दै ६ हजार पाउन्ड जरिवाना सुनाएको हो ।
घरेलु मैदानमा हारतर्फ धकेलिएको खेलको इन्जुरी समयमा रोज बार्क ली ले गोल गरेपछि मार्काेले युनाइटेडको बक्समा गएर खुशीयाली मनाएका थिए । उनले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मौरिन्होतर्फ इंगित गर्दै गोलको खुशीयाली मनाएका थिए । त्यसपछि खेलमा केहीवेर तनाव भएको थियो ।
‘चेल्सीका प्रशिक्षक मार्काेलाई ६ हजार जरिवाना तोकिएको छ । मार्काेले एफएको अनुशासन उल्लंघन गरेको छ,’ एफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो अनुशासनहीन काम मार्काेले इन्जुरी समयको छैटौ मिनेटमा यस्तो व्यवहार गरेको प्रमाणित भएको छ ।’
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]