default_image

6 years ago

October 31, 2018

मेसीनै नेयमारका आइडल खेलाडी

62 views

0 Bookmark

पेरिस (एजेन्सी)– नेयमारले बार्सिलोनाका पूर्व सहकर्मी लियोनल मेसी आफ्नो आइडल रहेको बताएका छन् । त्यस्तै उनले क्रिस्टियानो रोनाल्डोलाई फुटबलका दानवको संज्ञा दिएका छन् । ब्राजिलियन सुपरस्टारले ४ वर्ष बार्सिलोना बिताउँदै मेसीसँग उत्कृष्ट साझेदारी गरेका थिए ।

messi neymar

एमएसएनको साझेदारीका रुपमा बार्सिलोना चर्चित थियो । मेसी, नेयमार र अर्का फरवार्ड लुइस स्वारेजका कारण एमएसएन भनिएको थियो । अग्रपंक्तिमा यी तीन खेलाडीको साझेदारीका कारण नेयमार ४ वर्ष क्लबमा रहँदा बार्सिलोनाले २ ला लिग, ३ कोपा डेल रे, च्याम्पियन्स लिग एक पटक जितेको थियो ।

नेयमार गत वर्ष १ सय ९८ मिलियन पाउन्डमा गत वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । स्पेनमा रहँदा नेयमारले पटक पटक रोनाल्डोको सामना गरेका थिए । बास्केबलका उत्कृष्ट खेलाडी स्टेफन करीसँगको भेटमा मेसी र रोनाल्डोको प्रशंसा गर्दै नेयमारले उनीहरुबाट आफुले धेरै सिकेको बताएका छन् ।

‘मैले मेसीसँग खेले । उनी मेरो लागि सर्वकालिन उत्कृष्ट खेलाडी मध्येका एक हुन् । फुटबलमा उनी मेरो आदर्श हुन्,’ उनले भने, ‘मैले मेसीबाट हरेक दिन सिके, अभ्यास र खेलका दौरान । त्यस्तै हेरेर पनि सिके । जसले मलाई थप बलियो र आफ्नो क्षमता बढाउनका लागि मद्दत गर्यो ।’

neymar-and-messi

रोनाल्डोका विषयमा पनि नेयमारले आफ्नो अनुभव साटेका छन् । ‘रोनाल्डोको सामना गर्न पाउनु गर्वको विषय हो । उनीसँग खेल्दा निकै तयार अवस्थामा रहनुपर्ने हुन्छ,’ उनले भने, ‘उनी उत्कृष्ट खेलाडी मध्येका एक हुन् । निकै चलाख छन् । उनीबाट पनि धेरै सिक्ने चिज छन् ।’

नेयमारले मेसी र रोनाल्डो विषयमा थपे, ‘उनीहरु फुटबलका दुई ठूला नाम हुन् । त्यसैले उनीहरुसँगको प्रसंग छोडिन्छ । म उनीहरुभन्दा बढी भन्दा बढी सिक्न, जित्न, बढी भन्दा बढी उपाधि जित्न र बढी भन्दा बढी गोल गर्न चाहन्छु । त्यसले उनीहरबाट हरेक दिन केहि न केहि सिक्ने विषय हुन्छ ।’

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.