default_image

6 years ago

October 31, 2018

रोड्रिग्वेजमाथि युभेन्ट्सको चासो !

51 views

0 Bookmark

टुरिन (एजेन्सी)– युभेन्ट्सले हामेस रोड्रिगुएजलाई रियल म्याड्रिडका पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँगै खेलाउने विषयमा सोचिरहेको बताइएको छ । २७ वर्षे प्ले मेकर रोड्रिगुएज सन् २०१७ देखि जर्मन च्याम्पियन बायर्न म्युनिखमा लोनमा रहेका छन् ।

तर, जनवरीको ट्रान्फरमा उनी युभेन्ट्स पुग्न सक्ने चर्चा सुरु भएको छ । जर्मनी पत्रिका स्पोर्टसब्लिडका अनुसार रोड्रिगुएज जनवरीमा बायर्न छाड्न चाहिरहेका छन् । उनी या त ला लिगा या स्थायी रुपमा कुनै क्लब जाने योजनामा छन् । त्यसैले इटालियन क्लबले रोड्रिगुएजलाई क्लबमा भित्राउन प्रयास गर्न सक्ने बताइएको छ ।

जोर्जे मेन्डिस रोड्रिगुएज र रोनाल्डो दुवैका एजेन्ट हुन् । पोर्चुगिज सुपर स्टार रोनाल्डो सिजनको सुरुवातमा रियलबाट १ सय मिलयन पाउन्डमा युभेन्ट्स पुगेका थिए । मेन्डिससँगको राम्रो सम्बन्धका कारण पनि युभेन्ट्सले कोलम्बियन स्टारलाई भित्राउन सम्भावना रहेको बताइएको छ । रोड्रिगुएजले २०१४ को विश्व कपमा उच्च प्रदर्शन गरेपछि उनी रियलको रोजाईमा परेका थिए ।

रोड्रिगुएजलाई भित्राउने सम्भावना रहँदा युभेन्ट्सले टोलीमा अहिले रहेका फरवार्डमध्ये एकलाई बिक्री गर्नुपर्नेछ । बार्यनमा रोड्रिगुएजले ४९ खेलमा ११ गोल गरेका छन् । युभेन्ट्समा रोनाल्डोबाहेक, पाउलो डेबाला, हुवा काउड्राडो मान्डुकिज, डग्लस कोस्टा, फेड्रिको ब्रेनाडेची फरवार्डका रुपमा रहेका छन् । रोड्रिगुएज बाहिरिने विषयमा मेन्डिसले बायर्नसँग कुरा गर्न चाहिरहेको बताइएको छ । यद्दपी बायर्न उनलाई छाड्न तयार नहुने अनुमान गरिएको छ ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.