default_image

6 years ago

October 30, 2018

मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी,सावित्राको गोल

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मंगलबार बेजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० ले हराएको छ ।

फाइल तस्बिर

नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको टोलीका लागि दीपाले ५५ औं र इन्दिराले ८२ औं मिनेटमा गोल गरेकी थिइन् ।

तीन वटा मैत्रीपूर्ण खेलका लागि नेपाली शुक्रबार चीन पुगेको थियो । अन्तिम खेल नेपाली टोलीले बेजिङ फोनिक्ससँग बुधबार खेल्ने बताइएको छ । त्यसपछि नेपाली टोली नोभेम्बर २ मा चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ ।

नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो ।

हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्को प्रशिक्षक मृगेन्द्र मिश्र छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दीर्घबहादुर केसी टोली नेता रहेको टोलीको व्यवस्थापकमा हिराचन थकाली छन् ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.