6 years ago
October 31, 2018
लन्डन (एजेन्सी)– मिडफिल्डर डेले अलीले टोटेनह्यामसँग छ वर्षको सम्झौता थपेका छन् । उनी सन् २०२४ सम्म क्लबमा रहने औपचारिक रुपमा सम्झौता भएको छ ।
२२ वर्षे अलीले सहकर्मी ह्यारी केन, सन ह्यग मिन, इरिक लामोला, केइरन ट्रिपियर र प्रशिक्षका माउरिसियो पिचिन्टोको पदचाप पछ्याएका छन् । सबैले अघिल्लो सिजनको अन्त्यमा सम्झौता लम्बाएका थिए । अलीले नयाँ सम्झौता अनुसार अहिलेको भन्दा झन्डै दोब्बर पारिश्रमिक बुझ्ने बताइएको छ । प्रति साता ५० हजार पाउन्ड लिने गरेका अलीले नयाँ सम्झौता अनुसार १ लाख पाउन्ड पाउनेछन् । अलीकै जस्तो प्रस्ताव क्लबले क्रिस्टियन इरिक्सन, जान भर्टोघन र इरिक डाएरलाई पनि राख्ने बताइएको छ ।
सन् २०१५ मा ५ मिलियन पाउन्डमा टोटेनह्यामबा आबद्ध अलीले आफ्नो खेल जीवनमा निकै प्रगति गरिसकेका छन् । रसिया विश्व कपमा इग्ल्यान्डका लागि उच्च प्रदर्शन गर्ने मध्ये अली पनि एक हुन् । पछिल्लो तीन सिजन सबै प्रतियोगितामा गरि उनले दोहोरो अंकमा गोल गर्दै आएका छन् । पछिल्लो सिजन मिडफिल्डको रक्षात्मक भूमिकामा पनि उनले टोलीका लागि गोल गरेका थिए । स्पर्सका लागि १ सय ५० खेल खेलिसकेका अलीले क्लबका लागि आउने दिनमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]