default_image

6 years ago

October 30, 2018

मनाङ गभनर्स गोल्ड कपको सेमिफाइनलमा,सुजल र विमलको गोल

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

ग्यान्टोकस्थित पाल्चोर रंगशालामा मंगलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको थियो । मनाङले बिहीबार फाइनल प्रवेशका लागि कोलकाताको एटिकेको सामना गर्नेछ ।

मनाङको जितमा विमल राना र सुजल श्रेष्ठले समान २ गोल गरेका थिए । मनाङ सुजलकै कप्तानीमा मैदान ओर्लिएको थियो । सातौं मिनेटमा विमलले मनाङका लागि पहिलो गोल गरेका थिए । तर २५ औं मिनेटमा आत्मघाती गोल भएपछि खेलमा १–१ को बराबरी भएको थियो ।

मनाङले ६८ औं मिनेटमा दोस्रो पटक खेलमा अग्रता लिएको थियो । दोस्रो गोल पनि विमलले नै गरेका थिए । कोलकाकाले ७७ औं मिनेटमा दोस्रो पटक बराबरी गोल फर्काएको थियो । तर सुजलले ८२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

सुजलले नै इन्जुरी समयको दोस्रो मिनेटमा अर्को गोल थप्दै गोलअन्तरलाई फराकिलो पारे । प्रतियोगितामा सहभागी नेपाली अर्को टोली नेपाल एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।

मनाङले भने सोझै क्वार्टफाइनलमा प्रवेश पाएको थियो । मनाङका कप्तान सुजलले खेल जित्न कठिन भएको र आउने खेलमा अझै राम्रो प्रदर्शनको अपेक्षा राखेका छन् ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.