6 years ago
October 30, 2018
मड्रिड (एजेन्सी) – यूईएफए च्याम्पियन्स लिगमा रियललाई लगातार तेस्रोपटक उपाधि दिलाएपछि प्रशिक्षक जिनेदिन जिदानले प्रशिक्षक पद छाडे । जिदानले क्लब छाडेसँगै स्पेनिस महारथी रियल म्याड्रिड नयाँ प्रशिक्षकको खोजीमा थियो ।
विश्वकपको ठीक एक दिन अघि रियलले स्पेनका प्रशिक्षक जुलियन लोपेटेगुईलाई प्रशिक्षकको रुपमा नियुक्त गर्यो । रियलमा नियुक्त भएसँगै जुलियन स्पेनले राष्ट्रिय टोलीबाट बर्खास्तीमा परे । जुलियनको आगमनसँगै क्लबले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा थियो । तर, क्लबले लगातार खराब प्रदर्शन गर्यो । कमजोर प्रदर्शन गरेपछि बर्खास्त गर्न माहिर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको शिकार बने । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको ‘एल क्लासिको’ मा बार्सिलोनासँग ५–१ ले पराजित भएपछि रियलले जुलियनलाई सोमबार राति मुख्य प्रशिक्षकबाट बर्खास्त गर्यो ।
जुलियनको प्रशिक्षणमा रियलले १४ खेल खेल्दा निकै कमजोर प्रदर्शन गरेको थियो । बार्सिलोनाको लज्जास्पद हारपछि रियल ला लिगामा नवौं स्थानमा छ । जुलियन मात्र हैन उनीभन्दा अघि रियलले कमजोर प्रदर्शन पछि प्रशिक्षकलाई बर्खास्त गरेको छ । यहाँ सन् २००० पछि रियलले बर्खास्त गरेको प्रशिक्षकको चर्चा गरिएको छ ।
कार्लाेस क्वेरेज (जुन २००३– मे २००४)
कार्लाेस क्वेरेजले इंग्लिस क्लब म्यानेचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक सर एलेक्स फर्गुसनको सहायक प्रशिक्षकको रुपमा कार्य गरेका थिए । उनी निकै आशा लाग्दा प्रशिक्षकको रुपमा दरिएको थिए । यही सोचले रियलले भिसेन्ट डेल बस्कोको स्थानमा कार्लाेसलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो । तर, उनको प्रशिक्षणमा रियलले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । उनको प्रशिक्षणमा रियल ला लिगामा चौथो स्थानमा रहँदा च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न नसकेपछि रियलले कार्लाेसलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो ।
जोसे एन्टोनियो कामाचो (मे २००४– सेप्टेम्वर २००४)
जोसे एन्टोनियो कामाचो रियलका स्थापित खेलाडी थिए । लेफ्ट ब्याक जोसेले रियलको सिनियर टिमबाट १९७४ बाट १९८९ सम्म खेलेका थिए । सफल खेलाडी जोसेलाई क्लबले १९९८ मा कोचिङ स्टाफको रुपमा नियुक्त गरेको थियो । कार्लाेस क्वेरेजलाई रियलले बर्खास्ती गरेपछि जोसेलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको थियो । तर, उनको प्रशिक्षणमा राम्रो खेल्न सकेन । ६ खेलमध्ये २ खेलमा हार बेहोरेपछि रियलले उनलाई बर्खास्त गर्यो ।
राफयल बेनिटेज (जुन २०१५ –जनवरी २०१६)
रियल मड्रिड खेलाडीका लागि मात्रै नभई प्रशिक्षकको लागि निके गाह्रो हुने क्लब हो । राम्रो नतिजा निस्कन नसके क्लबलाई बर्खास्तको निणर्य गर्न ढिलाई नै गर्दैनन् । यसैको मारमा राफयल बेनिटेज परे । लिभरपुलका पूर्वप्रशिक्षक बेनिटेजको प्रशिक्षणमा एल क्लासिकोमा ४–० को हार बेहोरेपछि रियलले बेनिटेजलाई ७ महिना भित्रै बर्खास्ती गर्यो ।
जुलियन लोपेटेगुई (जुन २०१८ – अक्टोवर २०१८)
जुलियन खराब प्रशिक्षणपछि बर्खास्तीमा पर्ने रियलको पछिल्लो प्रशिक्षक बने । जिदानको बर्हिगमनपछि रियल सम्हाल्न आएका उनको प्रशिक्षणमा रियलले लगातार खराव प्रदर्शन दोहोर्यायो । रियल यूईएफए सुपर कपमा शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग ४–२ ले पराजित भयो । त्यसअघि रियल च्याम्पियन्स लिगमा सिएसकेए मस्कोसँग १–० ले स्तब्ध बन्यो । स्पेनिस ला लिगामा बार्सिलोनासँगै रियल लेभान्टे, अलाभेस र सेभिल्लासँग पराजित भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]