default_image

6 years ago

October 30, 2018

रियलका नयाँ प्रशिक्षक सोलारी मेसीका फ्यान

56 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले बार्सिलोनाविरुद्ध ५-१ को हारपछि प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्यो । कार्यवाहक प्रशिक्षकका रुपमा सान्टियागो सोलारीलाई जिम्मेवारी दिइएको छ । तर केहि रियल समर्थकलाई उनी बार्सिलोना कप्तान लिओनेल मेसीको फ्यान हुन् भन्ने थाहा नहुन सक्छ ।

सोलारीले रियलको कास्टिला टोलीको प्रशिक्षण सम्हाल्नुअघि एक पत्रिकामा अतिथिका रुपमा लेख्ने गर्दथे । त्यसमा उनले पटक पटक मेसीको प्रशंसा गर्दै लेखेका छन् । अर्जेन्टिनाकै भएका हुनाले पनि मेसीलाई उनले मन पराउने गर्छन् । ‘प्रत्यक पटक मेसीले बल लिँदा धर्ति रोकिन्छ र सबैको ध्यान उनमा जान्छ । विपक्षी प्रशिक्षकको पसिना छुट्छ र मेसीले आफ्नो जादु देखाउन थाल्छन्,’ उनले लेखेका थिए ।

मेसीले चौथो पटक ब्यालोन डी’ओरको उपाधि जितेपछि उनले विश्वको सर्वोत्कृष्ट खेलाडी को हुन् भन्ने विवादमा आफ्नो अभिव्यक्ति दिएका थिए । ‘ मेसी र रोनाल्डोमा फरक थाहा पाउन ब्यालोन डी’ओर उपाधि हेरे पुग्छ,’ मेसीले धेरै उपाधि जितेको समयमा उनले भनेका थिए । ‘ रोनाल्डो उत्कृष्ट खेलाडी हुन मेसीले अर्को खेल खेल्नुपर्ने हुन्छ,’ उनले थपे ।

सोलारीले केहि वर्षअघि लालिगासँगको अन्तर्वार्तामा मेसीलाई सर्वकालीन महान खेलाडीका रुपमा पेले र म्याराडोनासँग दाँजेका थिए । उनले सन् २०१६ मा भने उनले मेसी रियलमा खेलेको भए हुने भन्ने आशय व्यक्त गरेका थिए । ‘मेसी यस युगका उत्कृष्ट खेलाडी हुन् । तर उनले बार्सिलोनामा खेले, रियलमा आएनन । मलाई सधैं लाग्थ्यो कि उनी रियलमा आएर खेलुन,’ उनले भने ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.