6 years ago
October 30, 2018
वेम्वली (एजेन्सी) – उपाधिको दावेदार म्यानचेस्टर सिटीले टोटेनहम हस्टपरलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । सिटीले टोटेनहमलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो ।
जितपछि सिटीको १० खेलबाट २६ अंक पुगेको छ । सिटीले १० खेलमध्ये ८ खेलमा जित निकाल्दा २ बराबरी खेलेको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । २४ अंकसहति चेल्सी लिगको तेस्रो स्थानमा छ ।
टोटेनहमको घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न रियाद महारेजले गरेको गोल निर्णायक बन्यो ।
महारेजले आफ्नो गोललाई आफ्नो पूर्व क्लब लेस्टर सिटीका मालिक विचाई श्रीबन्दाप्रभालाई समर्पित गरे । प्रभाको आइतबार राति हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनले मालिक प्रति गोल समर्पण गर्दै विचाई आफ्नो बुवा जस्तै रहेको बताएका छन् ।
महारेजेले खेलको छैटौ मिनेटमा रहिम स्ट्रलिङको पासमा किरियद ट्रिपरको कमजोर डिफेन्सको फाइदा उठाउदै गोल गरेका थिए । २३औं मिनेटमा बेन्जामिन मेन्डीले सुन्दर मौका खेर फाल्दा सिटीले अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो ।
२८औं मिनेटमा डेभिड सिल्भाको प्रहार बारमा लागेर फर्कियो । ५५औं मिनेटमा बर्नाडो सिल्भाले प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले सुन्दर बचाउ गरे ।
८०औं मिनेटमा डेल अलिले सुन्दर मौका खेर फाल्दा खेललाई बराबरी गर्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी १–० ले विजयी हुन सफल भयो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]