6 years ago
October 30, 2018
एजेन्सी – विगत लामो समय देखि सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फ्यान अमेरिकी गायिका सेलिना गोमेजको थियो। तर उनलाई पछि पार्दै पोर्चुगेली फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक फलोवर भएका सेलिब्रेटी बनेका छन्।
यो समाचार तयार गर्दासम्म इन्स्टाग्राममा रोनाल्डोको १४४,३०९,२०४ फलोवेर थिए भने गोमेजको १४४,३०८,७६७ फलोवेर थिए। गोमेज पछि पर्नुको कारण हालु उनी निष्क्रिय रहनु हो।
उनले इन्स्टाग्राममा पछिल्लो पटक करिब १ महिना अघि(सेप्टेम्बर २३) पोस्ट गरेकी थिइन्, जसमा उनले इन्स्टाग्रामबाट केहि समय विश्राम लिएको बताएकी थिइन्। रोनाल्डोको अन्तिम पोस्ट भने ओक्टोबर ३० मा गरिएको थियो।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]