default_image

6 years ago

October 30, 2018

रियलका प्रशिक्षक लोपेटेगुइ बर्खास्त

50 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबले बर्खास्त गरेको छ। क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण हटाएको हो। 

Julen-Lopetegui-739209

विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो।

रियल हाल १० खेलमा ४ मात्र जित्दै अंक तालिकाको ९ औं स्थानमा छ। आइतबार भएको बार्सिलोना विरुद्धको एल क्लासिकोमा ५-१ को हार बेहोरेपछि लोपेटेगुइलाई पदमुक्त गर्ने कुरा चर्किएको थियो। लिगमा रियलको यो विगत १८ वर्षको सबैभन्दा फितलो सुरुआत हो।

तत्काल रियल म्याड्रिड ‘बी’ का प्रशिक्षक सान्टिएगो सोलारीले उनको स्थान लिने क्लबले जानकारी दिएको छ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.