6 years ago
October 29, 2018
एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ९ वर्षपछि रियल म्याड्रिड छाड्नुको कारण रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँगको बिग्रदो सम्बन्ध भएको खुलाशा गरेका छन्।
रियललाई १५ महत्वपूर्ण उपाधि जिताउँदै रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका ३३ वर्षीय रोनाल्डो करिब १ सय मिलियन युरो ट्रान्सफर रकममा युभेन्टस पुगेका थिए। रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टसमा आफुलाई स्थापित गरिसकेका छन् भने उनको अनुपस्थिति रियल भने ला लिगामा संघर्ष गर्दैछ।
युभेन्टस गएयता पहिलो पटक यस विषयमा फ्रान्स फुटबलसँग रोनाल्डोले बोल्दै रियल छाड्नुमा पेरेजलाई दोष लगाएका छन्। “उनले मलाई सधैँ व्यापारिक दृष्टीकोणबाट मात्र हेरे। पछिल्लो समयमा मैले पहिलेको जस्तो कहिले महसुस गरिन। रियलमा मेरो आवश्यकता नरहेको मलाई महसुस भयो।”, रोनाल्डोले भने।
रोनाल्डोले पैसाको लागि नभएर राम्रो फुटबल खेल्न युभेन्टस गएको पनि बताए। “म पैसाको लागि युभेन्टस आएको हैन। मैले चिन गएको भए यँहा भन्दा करिब ५ गुणा धेरै पैसा कमाउँने थिए। तर युभेन्टसमा मेरो आवश्यकता रहेको र क्लबले मलाई विश्वास दिलाउन सकेकोले म यँहा आएको हु “, रोनाल्डोले थपे।
रोनाल्डोले रियलका प्रशिक्षक जिदेदीन जिदानले क्लब छाड्नुले आफ्नो प्रस्थानमा कुनै असर नपारेको र रियल छाड्नु उनको व्यक्तिगत निर्णय रहेको पनि बताए।
त्यस्तै हाल चलिरहेको वलात्कारको आरोपले उनको व्यक्तिगत जीवनमा असर पारेको पनि उनले बताए। “मेरो आमा, मेरा छोराहरु, मेरो दाजु-भाई र मेरो सम्पूर्ण परिवारलाई यसले असर पारेको छ “, रोनाल्डोले भने।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]