default_image

6 years ago

October 29, 2018

इब्राहिमोभिचको एलए प्लेअफमा स्थान बनाउन असफल

60 views

0 Bookmark

एलए (एजेन्सी) – पहिलो हाफको अग्रतालाई गुमाउँदै ह्युस्टन डाइनामोसँग ३-२ ले पराजित भएपछि ज्लाटन इब्राहिमोभिच सम्मिलित एलएल ग्यालेक्सीले एलएलएसको प्लेअफमा स्थान बनाउन असफल भएको छ। इब्राहिमोभिचले एलएका लागि २७ खेलमा २२ गोल गरेपनि टोलीलाई प्लेअफमा स्थान दिलाउन भने सकेनन्। 

La galaxy

नर्वेका २९ वर्षीय स्ट्राइकर ओला कमाराको दुई गोको मद्दतले पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफमा त्यस अग्रतालाई जोगाउन भने सकेन। कमाराले २७ र ३० औं मिनेटमा घरेलु टोलीका लागि गोल गरेका थिए।

दोस्रो हाफमा भ्रमणकारी ह्युस्टनले ५८ औं मिनेटमा रोमेल क्युइटोको गोलमा खेलमा फर्कियो। त्यसपछि ७० औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गरेका माउरो मान्तोसले ८९ औं मिनेटमा विजयी गोल गरे।

त्यस्तै इङ्ग्लिस स्ट्राइकर वेन रुनीको डिसी युनाइटेडले सिकागो फायरसँग गोलरहित बराबरी खेल्यो। रुनीको आगमनसँगै सुधारिएको प्रदर्शन गरेको डिसीले भने प्लेअफमा स्थान बनाउन सफल भयो।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.