6 years ago
October 29, 2018
ओल्डट्राफोर्ड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ । युनाइटेडले एभर्टनलाई २–१ ले पराजित गरेको हो ।
युनाइटेडको जितमा पल पोग्वा र एन्थोनी मार्सियलले गोल गरे । एभर्टनका गिल्फी सिगुर्डसनले सान्त्वना गोल फर्काए । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो । युनाइटेडका पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
इड्रिसा गानाले मार्सियललाई डि–बक्समा लडाएपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । पोग्वाको पहिलो प्रहार एभर्टनका गोलरक्षक जार्डन पिकफोर्डले बचाएपनि रिवाउन्डमा पोग्वाले कुनै गल्ती गरेनन् । पहिलो हाफमा १–० को अग्रता बनाएको युनाइटेडले दोस्रो हाफको शुरुमै अग्रता दोब्बर पा¥यो । ४९औं मिनेटमा पल पोग्वाको पासमा एन्टोनी मार्सियलले गोल गरेका थिए ।
७७औं मिनेटमा गिल्फी सिगुर्डसनले गोल गर्दै खेललाई २–१ को अन्तरमा ल्याउदै खेलमा फर्काउने संकेत देखाएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले विजयी हुन सफल भयो ।
जितपछि युनाइटेड १७ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ । १५अंकसहित एभर्टन नवौं स्थानमा छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]