default_image

6 years ago

October 29, 2018

एमबाप्पेको गोलमा पीएसजीको अपराजित यात्रा कायमै

48 views

0 Bookmark

मार्सेली (एजेन्सी) – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

लिग वान अन्तरगत आइतबार राति भएको खेलमा मार्सेलीलाई २–० ले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । लिग वानमा पीएसजी ११औं खेलसम्म अपराजित छ । पीएसजीलाई जिताउन किलियन एमबाप्पे र जुलियन ड्राक्सलरले गोल गरे । मार्सेलीको घरेलु मैदानमा पीएसजीले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

खेललाई आफ्नो नियन्त्रणमा लिएपनि गोल गर्न चुकिरहेको थियो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा मैदानको छिरेको तीन मिनेटपछि नै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनी ६२औं मिनेटमा इरिक मोटिङको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।

इन्जुरी समयमा जुलियनले नेयमरको पासलाई सदुपयोग गर्दै गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । जितपछि पीएसजीको ११ खेलबाट ३३ अंक जोडेको छ । उसले दोस्रा स्थाको लिलेसँग ८ अंकको अग्रता बनाएको छ ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.