6 years ago
October 29, 2018
लेस्टर (एजेन्सी) – शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि भएको हेलीकप्टर दुर्घटनामा प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको पुष्टी भएको छ।
श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी भएको हो। श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी थिए। हाल उनी लण्डनमा बस्दै आएका थिए।
खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर उडेको थियो। हेलिकप्टर दुर्घटना हुने बितिक्कै क्लबका गोलरक्षक क्यास्पर स्माइकल पनि दुर्घटनास्थल तर्फ कुदेका थिए। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर एक्कासी बन्द भएर आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो । वरपर रहेका प्रहरीले हेलिकप्टरको सिसा फोड्न खोज्दा एक्कासी आगो लागेर पड्कदा कसैलाई बचाउन सकिएको थिएन ।
मालिक विचाईले लेस्टरको स्वरुप फेर्न मुख्य भूमिका खेलेका थिए । क्लबले सन् २०१६ मा प्रिमियर लिग उपाधि जित्दा उनले प्रत्यक खेल मैदानमा आएर हेर्थे । उनले सन् २०१० क्लब किनेयता क्लबले लगातार राम्रो प्रदर्शन गरेको छ । सन् २०१४ मा प्रिमियर लिगमा उक्लिएको लेस्टरले त्यसको दुई वर्षमा नै उपाधि जितेको थियो ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]