9 years ago
March 16, 2016
मलेसियाको अन्डर २२ टोलीसंग मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणरत नेपाली फुटबल राष्ट्रिय टोलीमा चोटको संकट परेको छ |
४४ जना खेलाडी बोलाइएकोमा पाँच खेलाडी विदेशमा छन् भने तिन खेलाडी चोटका कारण खेलमा सहभागी नहुने पक्का भएको छ | नवयुग श्रेष्ठ भने केहि दिन पछि प्रशिक्षण सुरु गर्ने छन् | विदेश जाने खेलाडीमा अन्जन बिष्ट, अनन्त तामाङ्ग, बिमल घर्ति मगर, बिक्रम लामा र रोहित चन्द रहेका छन् | सुशील केसी, शिब श्रेष्ठ र आदित्य चौधरी भने चोटका कारण टोलीमा नपर्ने पक्का भएको छ |
सिमरा गोल्डकपमा थ्रीस्टार विरुद्द खेल्दा आर्मीक फरवार्ड नवयुगले निधारमा चोट बोकेका थिए | आँखाको केहि माथि चोट बोकेका उनले आठ टाँका लगाउनु परेको थियो | उनि खेलमा फर्कन अझै केहि दिन लाग्ने बताइएको छ |
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]