6 years ago
October 28, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध २-० को अग्रता बनाउन सफल भएको छ।
लियोनल मेस्सी विनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा २-० को अग्रता बनाएको हो। खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुआती अग्रता लियो। राकिटिक, स्वारेज र कौटिन्होबीचको राम्रो तालमेल पछि बार्सिलोनाले अग्रता बनाको हो।
बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर गरेको हो। लुइस स्वारेजले पेनाल्टीलाई सदुपयोग गरेका हुन्। खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथी फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन्। तर भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]