6 years ago
October 28, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । आर्सनल क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
क्रिस्टल प्यालेसको घरेलु मैदानमा आर्सनलका लागि ग्राइन्ट छाका र पिएरे इम्रिक औवमियानले गोल गरे । घरेलु टोलीका लागि दुवै गोल लुका मिलिभोजेभिकले पेनाल्टीमार्फत गरे ।
पहिलो हाफमा आर्सनल पछि परेको थियो । पहिलो हाफको इन्जुरी समयमा लुकाले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भएका थिए । ५१औं मिनेटमा ग्राइन्ट छाकाले बराबरी गोल गर्दा ५६औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनलाई २–१ को अग्रता दिलाएका थिए ।
८३औं मिनेटमा मिनिभोजेभिकले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल र प्यालेसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
बराबरी आर्सनलको १० खेलबाट २२ अंक सहित चौथो स्थानमा पुगेको छ । क्रिस्टल प्यालेस ८ अंकसहित १४औं स्थानमा छ
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]