default_image

6 years ago

October 28, 2018

एएफसी यू-१९ : पाकिस्तानविरुद्ध पहिलो हाफमै नेपाललाई फराकिलो अग्रता

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा पाकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राखेको छ ।

नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा मन्जलीले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरिन् । ३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । मन्जलीको क्रसमा उनले ६ यार्ड बक्सभित्रबाट गोल गरेकी हुन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको दिशा दिंदै ३-० को अग्रता दिलाइन ।

नेपालले खेलको अधिकांश समय पकड बनाएपनि पोस्टमा गरेको आक्रमण सटिक हुन सकेन । पहिलो हाफको खेलको लगभग सम्पूर्ण समय पाकिस्तानको हाफमै बितेको थियो । नेपालको हाफमा बिरलै बल आएको छ । नेपालका लागि पाकिस्तानविरुद्ध फरवार्ड रेखा पौडेल खेलेकी छैनन् । पछिल्लो खेलमा भारतविरुद्ध दुई गोल गरेकी रेखा लगातार दोस्रो खेलमा पहेंलो कार्ड पाएपछि प्रतिबन्धित भएकी हुन् ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.