default_image

6 years ago

October 28, 2018

खल्लो एल क्लासिको

53 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – एल-क्लासिको फुटबल जगतमा सबैभन्दा अपेक्षित र बढी हेरिने फुटबल खेलमध्ये एक हो । करिब १० वर्ष यता यो भिडन्त दुई ऐतिहासिक प्रतिद्वन्दीहरु बीचको प्रतिस्पर्धा मात्र नभई यस पुस्ताको दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको भिडन्तको रुपमा पनि हेरिने गरिन्थ्यो ।

विश्वकप पश्चात ट्रान्सफर विन्डोमा रोनाल्डोले रियल म्याड्रिड छाड्दै युभेन्टस जादैं रियल समर्थकहरुलाई निराश बनाए । अर्को तर्फ, मेस्सी पनि हातमा चोट बोक्दै मैदान बाहिर रहेकाले खेलमा समावेश नहुने पक्का रहेको छ । त्यसैले यस एल क्लासिकोमा रोनाल्डो र मेस्सी दुवैलाई देखिने छैन ।

रियल म्याड्रिडले सिजनमा निकै खराब सुरुवात गरेको छ । आफूले खेलेका ९ खेलमा रियलले ४ मा मात्र जित हांसिल गरेको छ । ती खेलमा १३ गोल गर्दै ९ गोल खान पुगेको रियल अंक तालिकाको आठौं स्थानमा रहेको छ । रोनाल्डो गुमाएपश्चात आक्रमणमा फितलो देखिएको रियलको रक्षापंक्तिले पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन ।

अर्को तर्फ, ९ खेलमा १८ अंक बटुल्न सफल बार्सिलोना अंकतालिकामा १ खेल बढि खेलेको एट्लेटिको म्याड्रिडभन्दा १ अंकके पछाडी रहेको छ । आजको खेलमा बराबरी खेले पनि बार्सिलोनाले पहिलो स्थानमा पुनरागन गर्ने छ । लिगमा २३ गोल गर्न सफल बार्सिलोनाले ११ खान पुगेको छ, जुन एट्लेटिकोभन्दा ६ बढि पनि हो ।

बार्सिलोनाका लागि गोल र असिस्ट दुवैतर्फ मेस्सीले नै सबैभन्दा बढी योग्दान दिएका छन् ।  ७ गोल र ५ असिस्ट गरिसकेका उनलाई गुमाउनु बार्सिलोनाका लागि ठुलै धक्का पनि हो । उनको अनुपस्थितिमा लुइस स्वारेज (४ गोल) र फिलिपे कौटिन्हो (३ गोल) ले गोल गर्ने जिम्मेवारी लिने छन् ।

राफिन्हा, उस्माने डेम्बेले र माल्कममध्ये एक जनाले अग्रपंक्तिको दायां विङ सम्हाल्ने छन् । विश्वकप विजेता सामुयल उम्टिटी पनि घरेलु टोली बार्सिलोनाका लागि चोटका कारण उपलब्ध छैनन् ।

यता, करिम बेन्जेमा (१ गोल), ग्यारेथ बेल (२ गोल) र इस्कोले रियल म्याड्रिडको अग्रपंक्ति सम्हाल्ने छन् । त्यस्तै सामान्य घाइते भएका मार्सेलो सुरुवाती ११ मै रहने अपेक्षा गरिएको छ । पहिलो रोजाईका ड्यानी कार्भाहाल घाइते रहेकाले डिफेन्सको बायांतिर स्पेनकै नाचो खेल्ने देखिन्छ ।

अघिल्लो पटक रियल र बार्साको भिडन्त २-२ मा सकिएको थियो जहां मेस्सी र स्वारेजले बार्साका लागि र रोनाल्डो र बेलले रियलका लागि गोल गरेका थिए । बार्सिलोनाका लागि जितका साथ पहिलो स्थानमा पकड जमाउने मौका रहने छ भने रियल पनि खराब लयलाई पछाडी राख्दै आफ्नो चिरपरिचित प्रतिद्वन्दीलाई हराउंदै लय समात्न चाहन्छ ।

आजका खेलमा फेरी संसारको नजर २ घण्टाका लागि क्याम्पन्युमा विश्वस्तरीय प्रतिभाहरु र ऐतिहासिक प्रतिद्वन्दीमा अडिने छ जहां नयां नायकहरु उदाउने मौका रहने छ । तर रोनाल्डो र मेस्सी दुवैको अनुपस्थितिमा यस अवसरको भव्यता भने अलिकति खल्लो पक्कै रहने छ ।

खेल नेपाली समय अनुसार रातिको ९ बजे सुरु हुने छ ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.