6 years ago
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप ट्रफी काठमाडौंस्थित चन्द्रागिरि हिल्समा प्रदर्शनीका लागि राखिएको छ । अर्को वर्ष इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपअघि ट्रफी विश्व टुरमा ल्याइएको हो ।
यसैक्रममा शुक्रबार ट्रफीलाई स्वयम्भुमा प्रदर्शनीका लागि राखेको थियो । आइतबार विहान ट्रफी पोखरा ल्याइएको थियो । फेवातालमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले ट्रफीसँग बसेपछि पोखरा प्रिमियर लिग भइरहेको पोखरा रंगशालामा पनि ट्रफी प्रदर्शनी गरिएको थियो । त्यहाँ राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ट्रफी प्रदर्शनी गरेका थिए ।
चन्द्रागिरिमा आम दर्शकका लागि ट्रफी प्रदर्शनीमा राखिएको हो । अब ट्रफी नेपाल छाड्नुअघि वसन्तपुर दरबार स्क्वायरमा राखिनेछ । नेपाल ट्रफी टुरको सातौं राष्ट्र हो । यसपछि अन्य ७ राष्ट्रमा विश्वकप ट्रफी पुर्याइनेछ ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]