6 years ago
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपाल र पाकिस्तान भिड्दैछन् । थाइल्याण्डमा जारी प्रतियोगितामा समूहको दुवै खेलमा भारी अन्तरले पराजित पाकिस्तान प्रतियोगिताबाट बहिरिसकेको छ ।
यता नेपाल भने अन्तिम चरणमा छनोट हुने सम्भावना बलियो बनाएर पाकिस्तानको सामना गर्दैछ । नेपाल पहिलो खेलमा थाईल्यान्डसँग ३-० ले पराजित भएपनि दोस्रो खेलमा भारतलाई २-० ले पराजित गर्दै छनोट हुने सम्भावना बलियो बनाएको छ । थाईल्यान्डले दोस्रो खेलमा पाकिस्तानलाई १८-० ले पराजित गरेको थियो । त्यसअघि भारतले पनि पाकिस्तानलाई १८-० ले नै हराएको थियो ।
नेपाललाई छनोट हुन पाकिस्तानविरुद्ध जित दर्ता गर्नु पर्नेछ । भारत र थाईल्यान्डको खेलमा घरेलु टोलीले भारतलाई पराजित गरे नेपाल अन्तिम चरणमा छनोट हुनेछ । भारत र नेपालको अंक बराबर भएको अवस्थामा पनि हेड टु हेडको आधारमा नेपाल अगाडी नै छ । थाईल्यान्ड अन्तिम चरणको पनि आयोजक भएको हुनाले यस समूहको दोस्रो टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान रहेको छ ।
नेपाल र पाकिस्तानबीच अघिल्लो महिना पनि खेल भएको थियो । भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो । नेपाली टोलीलाई यस खेलमा फरवार्ड रेखा पौडेलको साथ भने हुने छैन । लगातार दुई खेलमा पहेंलो कार्ड पाएका कारण उनले खेल्न नपाउने भएकी हुन् । उनले यसअघि भारतविरुद्धको खेलमा दुवै गोल गरेकी थिइन् । पाकिस्तानविरुद्ध १२-० को जितमा पनि ७ गोल उनको नाममा थियो । खेल नेपाली समयानुसार दिउँसो २:४५ बजे चोनबुरी रंगशालामा हुनेछ ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]