6 years ago
October 28, 2018
एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एटलेटिको म्याड्रिडले रियल सोसीडाडलाई २-० ले पराजित गरेको छ । यस नतिजासंग एटलेटिको लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
एटलेटिकोले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो । कप्तान डिएगो गोडीनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा अर्का डिफेन्डरले टोलीको अग्रता दोब्बर पारे । साउल निगुएजको पासमा फिलिपे लुइसले गोल गर्दै जित पक्का गरेका थिए । खेलमा एन्टोइन ग्रिज्मन र डिएगो कोस्टाले आक्रमण सम्हालेपनि अपेक्षित प्रदर्शन गर्न सकेनन् ।
यस जितसँगै एटलेटिको शीर्ष स्थानमा उक्लिएको छ । टोलीले १० खेलमा ५ जित र ३ बराबरीसँगै १९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको १८ अंक छ । १० खेल खेलेको एस्पान्योलको पनि समान १८ अंक नै छ । अलाभेस ९ खेलमा १७ अंकसहित शीर्ष ४ मा अटाएको छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]