default_image

6 years ago

October 28, 2018

लेस्टर सिटीका मालिकको हेलीकप्टर मैदान परिसरमा दुर्घटनाग्रस्त

67 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको हेलिकप्टर क्लबको रंगशाला परिसरमा दुर्घटनाग्रस्त भएको छ । शनिबार भएको वेस्ट ह्याम युनाइटेडविरुद्धको १-१ को बराबरीपछि हेलीकप्टर दुर्घटनामा परेको हो ।

खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर उडेको थियो । उक्त हेलिकप्टरमा कोको चढेका थिए भन्ने पुष्टि भइसकेको छैन । यद्यपी मालिक विचाई पनि खेल हेर्न मैदान नै पुगेको भने पुष्टि भएको छ । हेलीकप्टरमा को थिए भन्ने अधिकारिक सूचना भने अझै प्राप्त भएको छैन ।

हेलिकप्टर दुर्घटना हुने बितिक्कै क्लबका गोलरक्षक क्यास्पर स्माइकल पनि दुर्घटनास्थल तर्फ कुदेका थिए । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर एक्कासी बन्द भएर आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो । वरपर रहेका प्रहरीले हेलिकप्टरको सिसा फोड्न खोज्दा एक्कासी आगो लगेर पड्कदा कसैलाई बचाउन सकिएको थिएन । यद्यपी यसबारे आधिकारिक सूचना अझै प्राप्त भएको छैन ।

मालिक विचाईले लेस्टरको स्वरुप फेर्न मुख्य भूमिका खेलेका थिए । क्लबले सन् २०१६ मा प्रिमियर लिग उपाधि जित्दा उनले प्रत्यक खेल मैदानमा आएर हेर्थे । उनले सन् २०१० क्लब किनेयता लगातार राम्रो प्रदर्शन गरेका थिए । सन् २०१४ मा प्रिमियर लिगमा उक्लिएको लेस्टरले त्यसको दुई वर्षमा नै उपाधि जितेको थियो ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.