default_image

6 years ago

October 28, 2018

युभेन्टसको कमब्याकमा रोनाल्डो नायक

70 views

0 Bookmark

इम्पोली (एजेन्सी) – इटालियन सिरी ‘ए’ अन्तर्गत क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे।

Ronaldo

पहिलो हाफमा घरेलु टोली इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन।

दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई बराबरी दिलाए। इस्माएल बेनेकरले पौलो ड्याबलालाई लडाएपछि पाएको पेबाल्टी मार्फत रोनाल्डोले ५४ औं मिनेटमा गोल गरे।

खेलको ७० औं मिनेटमा २५ यार्डबाट रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई विजयी गोल दिलाए। यो जितसँगै युभेन्टसले अंक तालिकाको शिर्षस्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.