6 years ago
October 27, 2018
लन्डन (एजेन्सी) – कार्डिफ सिटीलाई पराजित गर्दै लन्डन क्लब लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ४–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जिताउन साडियो मानेले २ तथा मोहम्मद सलाह र जद्रान शाकिरीले समान १ गोल गरे । पराजित टोलीका लागि कल्लुम पिटर्सनले सान्त्वना गोल फर्काए ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको १०औं मिनेटमा मोहम्मद सलाहको गोलबाट खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै थप ३ गोल गर्न सफल हुदा एक गोल खान पुगेको थियो ।
६६औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता बनाएको थियो । ७७औं मिनेटमा कार्डिफका कल्लुमले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।
तर, लिभरपुलले ८४औं मिनेटमा जद्रान शाकिरीले गोल गरेपछि लिभरपुलले खेलमा ३–१ को अग्रता लिन सफल भयो । त्यसको तीन मिनेटपछि साडियो मानेले टिमको लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–१ को सहज जित दिलाए ।
जितपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई तीन अंकले पछि पारेको हो । कार्डिफ ५ अंकसहति लिगको १७औं स्थानमा छ ।
प्रिमियर लिगको अन्य खेलमा वाट्फोर्ड, एएफसी बर्नमाउथ र ब्राइटन होभ अल्वियोनले जित निकाल्दा साउथह्याम्पटन र न्यु क्यास्टल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
वाट्फोर्डले हडर्सफिल्ड टाउन र बर्नमाउथले फुलहमलाई समान ३–० ले पराजित गरेको हो । ब्राइटनले वल्भरह्याम्पटनमाथि १–० को कठिन जित निकालेको हो ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]