default_image

6 years ago

October 27, 2018

एल क्लासिको : भिनिसियस जुनियरको प्रतिबन्ध फुकुवा

71 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियर आइतबार क्याम्प नोउमा हुने एल क्लासिकोमा खेल्न पाउने भएका छन् । उनले गत साता एकेडेमीको खेलमा प्राप्त गरेको रेडकार्ड क्लबले अपिल गरेपछि फिर्ता भएको हो ।

भिनिसियसले रियलको दोस्रो श्रेणीको टोली रियल म्याड्रिड कास्टियाबाट सेल्टा भिगो बी सँगको खेलमा रातो कार्ड पाएपछि एल क्लासिकोका लागि प्रतिबन्धित भएका थिए । त्यस खेलमा उनले खेलको ४ मिनेट समय बाँकी हुँदा दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । रेफ्रीले उनलाई डाइभ हानेको आरोपमा दोस्रो पहेंलो कार्ड दिएका थिए । उनले उक्त खेलमा उत्कृष्ट फ्रिकिक गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।

ब्राजिलियन क्लब फ्लामेंगोबाट मोटो रकममा रियल आएका भिनिसियसले सिनियर टोलीबाट बिरलै खेल्न पाएका छन् । उनले दोस्रो श्रेणीको टोलीमा खेल्दै आफूलाई तयार गरिरहेका छन् । उनले यस साता एल क्लासिकोमा मौका पाउन सक्नेछन् । रियल लगातार खराब प्रदर्शन गरेका कारण लिगको शीर्ष ३ स्थानमा पर्न सकेको छैन ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.