6 years ago
October 30, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयालाई अर्को सिजन कुन क्लब जाने भन्ने विकल्प रोज्न सुविधा रहेको गोर्डन स्ट्राचनले बताएका छन् । स्पेनिस गोलकिपरले युनाइटेडसँग नयाँ सम्झौता गर्छन् गर्दैनन् भन्नेमा आफु निश्चित भएको प्रशिक्षक जोसे माउरिन्होले शुक्रबार बताएका थिए ।
क्लबसँगको डे हेयाको अहिलेको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । यसअघि २७ वर्षै उनी रियल म्याड्रिड जाने चर्चा थियो । तर, रियलले चेल्सीबाट थिबाउट कोर्टुवालाई भित्राएपछि डे हेयाको त्यहाँ जाने सम्भावना लगभग टुंगिएको छ ।
पछिल्लो समय युभेन्ट्सले उनीलाई भित्राउन इच्छा देखाएको छ । यद्दपी डे हेया अर्को सिजन कुन क्लब जान्छन् भन्ने निश्चित छैन । स्कटल्यान्डका पूव प्रशिक्षक स्ट्राचनले जियाले युनाइटेडमा पछिल्लो सात वर्ष उच्च प्रदर्शन गरेको उल्लेख गर्दै अर्को सिजन उनले क्लब छाड्न पर्ने सुझाव दिएका छन् ।
‘उनी कुनै पनि क्लबमा जान क्षमता राख्छन्,’ उनले भने, ‘पछिल्लो केहि वर्षयता उनको प्रदर्शन मानसिक र शारीरिक रुपमा पनि उत्कृष्ट छन् । ‘युनाइटेडले यो सिजन प्रिमियर लिगमा सुखद सुरुवात गर्न सकेको छैन । ९ चरणको खेल सकिदा १४ अंकसहित युनाइटेड अंकतालिकाको १० औं स्थानमा छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]