9 years ago
March 15, 2016
काठमाडौं, चैत्र २ मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँगको मैत्री पुर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमले प्रशिक्षण मंगलबारबाट सुरु गरेको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ ।
पहिलो दिनको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित थिए । पहिलो दिनको प्रशिक्षणपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्याटुकी कोजीले केही नयाँ खेलाडीहरुलाई टिमा प्रशिक्षणको लागि बोलाएको बताए ।
‘मेरो विचारमा केही राम्रा र प्रतिभावान खेलाडी नेपालमा पनि छन् । उनीहरुले जापानमा गएर पनि खेल्न सक्छन् ।’ प्रशिक्षक कोजीले भने, ‘खेलमा आक्रमण र डिफेन्समा बलियो हुनुपर्छ । राम्रो टिम बनाउन सबैमा ध्यान दिनुपर्छ ।’ उनले अबको मुख्य लक्ष्य भनेको मलेसियाविरुद्धको खेलमै केन्द्रित भएर प्रशिक्षण गर्ने बताए ।
हामीलाई छोटो समयमा राम्रो टिम चाहिएको छ । मलाई विश्वास छ टिमले सकरात्मक नतिजा ल्याउनेछ ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]