default_image

6 years ago

October 27, 2018

एल क्लासिकोबारे रोमान्चक १० तथ्य

55 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडलाई निम्त्याउन तयार छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका १० रोमाञ्चक तथ्य। 

१ सय १५ वर्ष देखिको प्रतिस्पर्धा

बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो खेल १ सय १५ वर्ष अघि सुरु भएको थियो। मे १३, १९०२ मा कोरोनेसन कप अन्तर्गत भएको उक्त खेल बार्सिलोनाले जितेको थियो। त्यस्तै पहिलो पटक लिगमा भने फेब्रुअरी १७, १९२९ मा रियलले २-१ ले खल आफ्नो पक्षमा पारेको थियो।

सर्वाधिक गोल मेस्सीको

रियल र बार्साबीचको यस प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी लियोनल मेस्सी हुन् । उनले २१ गोल गरेका छन् । तर चोटका कारण आइतबारको खेलमा मेस्सी खेल्ने छैनन्।

सर्वाधिक असिस्ट मेस्सीकै

एल क्लासिकोमा मेस्सीले सर्वाधिक असिस्ट गरेका छन्। उनको नाममा १४ असिस्ट छन्।

दशकको प्रतिस्पर्धाको अन्त्य

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई यस शताब्दीकै उत्कृष्ट फुटबल खेलाडीको रुपमा चिनिने गर्दछ। बार्सा र रियलबीचको यस प्रतिस्पर्धालाई मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धामा पनि हेर्ने गरिएको थियो। तर ९ वर्ष रियलमा बिताएका रोनाल्डो युभेन्टस पुगेसँगै यो प्रतिस्पर्धाको भने अन्त्य भएको छ।

classico messi vs ronaldo

डि स्टेफानो ट्रान्सफरले बनाएको रोमाञ्च

१९५३ मा कोलम्बियाको क्लब मिलोनारियोसबाट बार्सिलोना जाने चर्चामा रहेको अर्जेन्टिनी फुटबलर अल्फ्रेडो डि स्टेफानोलाई एकाएक रियलले अनुबन्ध गरेपछि बार्साका समर्थकहरुले रियलविरुद्धको खेललाई झनै महत्व दिएका थिए। तर बार्सिलोना विरुद्धको पहिलो खेलमा उनै स्टेफानोले दुई गोल गरेपछि यी दुई क्लबबीचको खेल अझ रोमाञ्चक मानिन थालिएको थियो। स्टेफानो रियलका लागि २ सय ८२ खलेमा २ सय १६ गोल गरे। एल क्लासिकोमा मेस्सीपछि स्रवाधिक गोल गर्ने पनि उनीनै हुन्। उनले दुई क्लबबीचको खेलमा १८ गोल गरेका छन्।

Alfredo Di Stéfano

डि स्टेफानो

सर्वाधिक खेल्ने खेलाडी

रियलका मानुएल सान्चिज, फ्रान्सिस्को जेन्टो र बार्सिलोनाका जावीले समान ४२ एल क्लासिको खेलेका छन्। एल क्लासिकोमा अझै खेल्दै गरेका खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो रामोसको समान ३८ खेल छन्।

गोल रहित बराबरी

विगत १५ वर्षदेखि यस रोमाञ्चक खेलमा गोल रहित बराबरी भएको छैन। पछिल्लो पटक नभेम्बर २३, २००२ मा दुवै टोलीले गोल गरेका थिएनन। उक्त खेल बार्सिलोनाको घरेलु मैदानमा भएको थियो।

ब्राजिलियन रोनाल्डोको किर्तिमान

एल क्लासिकोमा रियल म्याड्रिड र बार्सिलोना दुवै टोलीबाट गोल गर्ने एकमात्र खेलाडी ब्राजिलका लेजेण्ड रोनाल्डो हुन्।

रियलको राम्रो रेकर्ड

दुई टोलीबीच २ सय २८ खेलमा रियलले ९१ र बार्सिलोनाले ८८ खेल जितेको छ।

बार्सिलोनाको फराकिलो हार

यो फिक्चारमा बार्सिलोनाको फराकिलो हार ११-१ को थियो। कोपा डेल’रे सेमिफाइनल अन्तर्गत १९४३ मा दोस्रो लेगमा रियलले घरेलु मैदानमा ११-१ को जित हात पारेको थियो।

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.