6 years ago
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोली शुक्रबार चीन जाँदैछ । नेपाली टोलीले चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ ।
नेपाली टोलीले बेइजिङ फोनिक्स महिला टोलीसँग २ वटा र बेजिङ स्पोर्टस युनिर्भसिटीसँग एउटा मैत्रीपूर्ण खेल खेल्ने छ। फोनिक्ससँग अक्टोबर २९ र ३१ तथा युनिर्भिसिटीसँग ३० मा खेल्नेछ ।
त्यसपछि नेपाली टोली नोभेम्बर २ मा चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ । नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो ।
हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । अर्का प्रशिक्षक मृगेन्द्र मिश्र छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दीर्घबहादुर केसी टोली नेता रहेको टोलीको व्यवस्थापकमा हिराचन थकाली छन् ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]