6 years ago
October 26, 2018
एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार भएको खेलमा स्पेनिस क्लब सेभिल्लाले अखिसार्सपारलाई ६-० ले पराजित गरेको छ । सेभिल्लाले दुवै हाफमा ३-३ गोल गरेको थियो ।
खेलको सातौं मिनेटमा रोके मेसाले सेभिल्लालाई अग्रता दिलाएका थिए । उनले लुइस मुरिएलको पासमा गोल गरे । लगत्तै सेभिल्लाले पेनाल्टी पायो र पाब्लो सराबियाले कुनै गल्ति गरेनन् । मिलान लुकासको आत्मघाती गोलमा सेभिल्लाले पहिलो हाफमा ३-० को अग्रता बनायो । दोस्रो हाफमा लुइस मुरिएल, क्विंसी प्रोमेस र ग्याब्रिएल मर्साडोले गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत समूह ए मा लार्नाका र लुडोगोरेटस १-१ को बराबरीमा रोकिँदा ज्युरीचले बायर लेभरकुसनलाई ३-२ ले हरायो । समूह बी मा आरबि लेप्जिगले सेल्टिकलाई २-० तथा साल्ज्बर्गले रोजनबर्गलाई ३-० ले पराजित गरे । कोपेनहेगन घरेलु मैदानमा स्लाभिया प्रागसँग १-० ले पराजित हुँदा जेनिटले बोर्ड़ोलाई २-१ ले हरायो ।
आन्द्रेलेक्ट र फेनेरबासे २-२ को बराबरमा रोकिंदा डिनामो जाग्रेडले स्पार्टाक ट्रानाभालाई २-१ ले हरायो । काराबग घरेलु मैदानमा भोर्स्क्लासँग १-० ले हार्दा लिस्बनले पनि आर्सनलसँग सोहि स्कोरमा नतिजा सुम्पियो । रियल बेटिसले मिलानलाई २-१ ले हरायो भने ओलाम्पियाकोसले डुडेलान्जलाई २-० ले पाखा लगायो ।
रेन्जर्स र स्पार्टाक मस्को गोलरहित बराबरीमा रोकिँदा भिल्लारियलले रापिड वेनलाई ५-० ले हरायो । फ्रान्कफर्टले लिमासोललाई २-० तथा लाजियोले मार्सेलाई ३-१ ले हराए । जेंकले बेसिक्तासलाई ४-२ले हराउँदा सार्प्सबोर्ग र माल्मो १-१ को बराबरीमा रोकिए । स्टान्डर्ड लिएजले क्राजोन्डारलाई २-१ ले हरायो ।
जब्लोनेक र अस्ताना १-१ को बराबरीमा रोकिँदा डिनामो किएभले रेन्नेसलाई २-१ ले हरायो । चेल्सीले बाटेलाई ३-१ तथा भिडीले पओकलाई २-० ले हराए ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]