default_image

6 years ago

October 26, 2018

आर्सनल लगातार ११ औं खेलमा विजयी

91 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा बुधबार सपोर्टिङ लिस्बनलाई १-० ले पराजित गर्दै लगातार ११ औं जित दर्ता गरेको छ । आर्सनलको जितमा ड्यानी वेलबेकले एकमात्र गोल गरे ।

खेलको ७७ औं मिनेटमा डिफेन्डर सबास्टियन कोआटेसको गल्तिको फाइदा उठाउँदै वेलबेकले गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए । त्यसअघि वेलबेकले हेडरमार्फत गोल गरेपनि रेफ्रीले डिफेन्डरलाई धकेलेको भन्दै उक्त गोललाई मान्यता दिएका थिएनन् । खेलको अधिकांश समय बलमा पकड राखेपनि आक्रमणमा भने आर्सनल फितलो देखिएको थियो ।

यस नतिजासँगै आर्सनलले लगातार ११ औं जित दर्ता गरेको छ । अक्टोबर २००७ यता टोलीको यो उत्कृष्ट नतिजा हो । त्यसबेला आर्सनल लगातार १२ औं जित दर्ता गर्न सफल रहेको थियो । आर्सनलले पोर्चुगलमा ६ खेलपछि जित दर्ता गर्यो । यसअघि ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको थियो । आर्सनलले यस सिजन गरेको ३३ गोलमध्ये २३ गोल दोस्रो हाफमा गरेको छ ।

अंक तालिकामा आर्सनल ३ खेलमा ९ अंक सहित शीर्ष स्थान छ । दोस्रो स्थानको लिस्बनले ३ खेलमा ६ अंक जोडेको छ भने तेस्रो मा रहेको भोर्स्क्लाको ३ खेलमा ३ अंक छ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.