9 years ago
March 15, 2016
स्पेनी क्लब मार्बेला युनाइटेड एफ सीको यु १९ टोलीले मैत्रीपुर्ण खेलमा पि.इ.सी ज्वलको सामना गर्दैछ ।नेपाली खेलाडीहरु अनन्त तामाङ्ग र अन्जन विष्ट केहि दिन अघि मात्र त्यहाँ पुगेका भएपनि आज उनिहरु खेल्न सक्ने सम्भावना रहेको छ।
राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग फाल्गुन २९ गते मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका थिए ।
आजको खेल नेदरल्यान्डको पहिलो डिभिजनको क्लब पि.इ.सी ज्वलको यु१९ टोलीविरुद्ध स्थानिय समयानुसार साँझ ८ बजे खेलिने छ। यो खेलपछि मार्बेला जर्मनि प्रस्थान गर्ने कार्यक्रम रहेको छ| जर्मनिमा पनि विभिन्न क्लबहरुसंग मैत्रिपुर्ण खेलहरु तय भएको क्लबले जनाएको छ।
डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट खेल्दै बुढासुब्बा गोल्ड कप र आहा! रारा गोल्ड कप जितेका थिए |
मार्च १३३० सम्म हुने मैत्रीपूर्ण खेलहरु खेल्ने छन् भने अप्रिल महिना प्रशिक्षणमा बिताउने छन् | बिमल घर्ति मगर भने चोटका कारण केहि हप्तापछिमात्र त्यसतर्फ प्रस्थान गर्नेछन् |
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]