6 years ago
October 25, 2018
ललितपुर (हाम्रो खेलकुद)– नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्पियनसिपमा सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपालले माल्दिभ्सलाई ४–० ले हराएको छ ।
नेपालले पहिलो र दोस्रो हाफमा समान २ गोल गर्दै फराकिलो जित दर्ता गराएको छ । जान लिम्बुको पेनाल्टी गोलबाट २८ औं मिनेटमा नेपालले खेलमा अग्रता बनाएको थियो । रोकश विश्वकर्मालाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा जानले गोल गरेका थिए । नमश थापा मगरले ३५ औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।
एकपक्षिय खेलको ६३ औं मिनेटमा शंशाक बोहोराले ६३ औं मिनेटमा गोल गरे । अर्को गोल दीपेश राईले ६८ औं निमेटमा गरेपछि नेपालको जितको अन्तर फराकिलो बनेको थियो । नेपाल रहेको समूह ‘बी’ को बिहीबार नै भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई २–१ ले हराएको थियो ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]