9 years ago
March 15, 2016
नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्योतोकि कोजीले आजबाट मलेसिया यु२२ विरुद्ध २७ मार्चमा खेलिने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गर्ने भएका छन् |
प्रारम्भिक चरणमा ४४ खेलाडी बोलाइएकोमा केहि खेलाडी विदेशमा रहेको र केहिलाई भने चोटले सताएको छ | युवा खेलाडी अनन्त तामाङ्ग, अन्जन बिष्ट र बिमल घर्ति मगर विदेशमा रहेकाले प्रशिक्षण गर्ने छैनन् भने इन्डोनेसिया पुगेका विक्रमको स्थिति पनि अन्यौलमा छ | रोहित चन्द भने चोटका कारण कम्तिमा सात महिनाको लागि आराममा छन् |
साग र साफमा रहेका सम्पूर्ण खेलाडी सम्मिलिट प्रारम्भिक टोलीमा घरेलु मोफसलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पनि समावेश गरिएको छ | युवा र अनुभवी खेलाडी मिश्रित तोलुबता अन्तिम २३को छनोट हुनेछ |
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]