6 years ago
October 25, 2018
एजेन्सी – फरवार्ड मोहमद सलाहले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा बुधबार लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४-० ले पराजित गरेको छ ।
खेलको २० अौं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले एन्ड्र्यु रोबर्टसनको पासमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारे । पहिलो हाफमा लिभरपुलले एकपक्षिय दवाव बनाएपनि केहि अवसर चुकाएको थियो । पहिलो हाफमा टोली २-० ले अगाडी रह्यो ।
दोस्रो हाफमा पनि लिभरपुलले अाक्रमण जारी राखेको थियो । रेड स्टारका फिलिपले साडियो मानवलाई लडाएपछि लिभरपुलले ५३ अौं मिनेटमा पेनाल्टी पायो । सलाहले त्यसलाई गोलमा परिणत गर्दै ३-० को अग्रता दिलाए । ७६ अौं मिनेटमा लिभरपुलले फेरि पेनाल्टी पाएपनि मानेले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । यधपी उनले त्यसको ४ मिनेटमै ड्यानिएल स्टरिजको पासमा गोल गरे ।
यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा २ जितसहित ६ अंक जोडेको लिभरपुललाई ५ अंक जोडेको नेपोलीले पछ्याइरहेको छ । तेस्रो स्थानमा ४ अंक जोडेको पीएसजी छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]