9 years ago
March 14, 2016
कर्ण लिम्बु घरेलु फुटबलमा चिर परिचित नाम हो, लिग तथा मोफसलमा हुने प्रतियोगिताहरुमा उनको चर्चा निकै हुन्छ र उनले बिरलै समर्थकहरुलाई निराश पार्ने गरेका छन्| यति हुँदाहुँदै पनि राष्ट्रिय टोलीमा भने उनको नाम पटक पटक छुटेको पाइन्छ|
राष्ट्रिय टोलीबाट एकमात्र खेल खेलेका कर्ण, साफ च्याम्पियनशिप अन्तर्गतको छनोटमा अन्तिम २७मा परेर पनि अटाउन सकेका थिएनन्| यसअघी पनि उनको नाम प्रारम्भिक छनोटमा पर्ने तर अन्तिम टोलीमा नपर्ने भइरहेको थियो|
२०६१ सालमा मछिन्द्र क्लबबाट व्यवसायिक फुटबल खेल्न थालेका कर्णले २०६२ साल युनाईटेड क्लब र ६३ साल एन.आर.टि. बाट खेले| २०६६ सालमा पुन: लिग सुरु भएपछि मछिन्द्र पुगेका कर्णले २०६७ सालमा जावलाखेल बाट खेल्दै तेश्रो स्थानमा पुर्याएका लिम्बुले ०६९ सालमा मछिन्द्रलाई निकै राम्रो नतिजासम्म पुर्याउन प्रेरित गरे| झापा एघार राष्ट्रिय लिग खेल्ने भएपछि कर्णले त्यहाँ पनि आफ्नो छाप छोड्न सफल रहे|
लिग फुटबलमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका लिम्बु झापा एघारले एन्फा कपको उपाधि उचाल्दा पनि महत्वपूर्ण भूमिका खेलेका थिए| अन्य मोफसलका प्रतियोगिताहरुमा पनि उनले राम्रो खेल पस्किदै गोल गर्दै आएका छन्| निरन्तर राम्रो प्रदर्शन गर्नका वाबजुद पनि राष्ट्रिय टोलीमा नपर्नाले उनले समर्थक माझ पनि छुट्टै स्थान बनाएका छन्| विगतको समयमा रराष्ट्रिय टोलीमा गोलको खडेरी पर्दा पनि घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्ने लिम्बु टोलीमा नपरेकाले समर्थक हरुमा आक्रोश देखिन्थ्यो|
तर, २०१६मा भएको बंगबंधु र दक्षिण एसियाली फुटबलको उपाधिसंगै नेपालले नवयुग श्रेष्ठको नाममा उत्कृष्ट फरवार्ड पाएको छ| उनीसंगै, बिमल घर्ति मगर र अन्जन बिष्ट पनि उत्तिकै राम्रा छन्| तर, अन्जन र बिमल युरोपमा जाने तरखरमा रहेकाले मलेसिया जाने टोलीमा उनीहरु नपर्ने लगभग पक्का छ|
साफमा राष्ट्रिय टोलीको नेतृत्व गरेका अनिल गुरुङ्ग फर्ममा देखिएका छैनन्| मोफसलमा भएका प्रतियोगिताहरुमा फितलो प्रदर्शन गरेका गुरुङ्ग साफमा पनि फर्ममा थिएनन्| लिम्बुको आशलादो खेल कौशलको अगाडी गुरुङ्गले धेरै मेहेनत गर्नुपर्ने देखिन्छ| यो समयमा आफ्नो स्थान पक्का पारेर मौकाको फाइदा उठाउन सके लिम्बुको ढिलै भएपनि राष्ट्रिय टोलीमा खेल्ने सपना पुरा हुने देखिन्छ|
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]