6 years ago
October 25, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएको बार्सिलोनाले खेलमा धेरै कठिनाइ भोग्नु परेन ।
खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । बार्सिलोनाले ३२ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता बनायो । लुइस सुआरेजको क्रसमा उनले भलीमार्फत गोल गरेका थिए ।
पहिलो हाफमै इन्टरका गोलरक्षक सामिर हान्डानोभिचले लुइस सुआरेज र क्लेमेन्ट लेङलेटको प्रहारलाई विफल तुल्याएका थिए । फिलिपे कोउटिन्होले दोस्रो हाफमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । ८३ औं मिनेटमा भने बार्सिलोनाले अग्रता दोब्बर पार्यो । जोर्डी अल्बाले इभान राकीटिचको पासको सदुपयोग गर्दै दोस्रो गोल गरे ।
च्याम्पियन्स लिगमा लगातार तेस्रो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ । ९ अंक जोडेको बार्सिलोनालाई ६ अंक जोडेको इन्टरले पछ्याईरहेको छ । टोटेनहम र पीएसभीको खेल २-२ को बराबरीमा सकिएपछि दुवै टोलीको १-१ अंक भएको छ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]