6 years ago
October 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपाली किशोरी टोली एएफसी यू–१९ महिला च्याम्पियनसिप–२०१९ को छनोटको पहिलो खेलमा बुधबार बलियो प्रतिद्धन्द्धी थाइल्यान्डसँग पराजित भएको छ । नेपाल आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको हो ।
थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल शुरुवाती २० मिनेटमै २–० ले पछि परेको थियो । थाइल्यान्डकी पतारानन औचाई र टिपकृतिताले गोल गरिन् । शुरुवातमा कमजोर देखिएको नेपालले खेलको नवौं मिनेटमा गोल खाएको थियो ।
औचाईले डि–बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो । १७औं मिनेटमा टिपकृतिताले पेनाल्टीमार्फत गोल गरेपछि नेपाल २–० ले पछि परेको थियो । इन्जुरी समयमा सिरीविपाले गोल गर्दै थाइल्यान्डलाई ३–० को जित दिलाइन् ।
नेपालले अब शुक्रबार भारतको र आइतबार पाकिस्तानसँग खेल्नेछ । यि दुवै टोलीलाई नेपालले भुटानमा केही साता अघि भएको साफ यु–१८ च्याम्पियनसिपमा पराजित गरेको थियो ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]