6 years ago
October 24, 2018
पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन क्लब एस एससी नेपोलीको सामना गर्दैछ । खेल पीएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेस पेरिसमा बुधबार राति १२ः४५ बजेपछि शुरु हुुनेछ ।
यी दुई टोली सन् १९९२–९३ को युइएफए कपपछि पहिलोपटक खेल्न एक आपसमा खेल्न लागेका हुन् । त्यतिबेला पीएसजीले नपोलीमाथि २–० को जित निकालेको थियो । च्याम्पियन्स लिगमा भने पीएसजीले २००१ पछि पहिलोपटक इटालियन प्रतिद्धन्द्धीसँग खेल्न लागेको हो । च्याम्पियन्स लिगमा पीएसजीले इटालियन प्रतिद्धन्द्धीलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । त्यसैले पनि विश्वस्तरीय खेलाडी सम्मिलित पीएसजी नपोलीविरुद्ध सचेत भएर मैदान उत्रनेछ ।
पीएसजीसँग अग्रपङ्तिमा विश्वका महँगा खेलाडी नेयमार जुनियर, केलियन एमबाप्पे र एडिन्सन काभानी जस्ता खेलाडीहरु रहेका छन् । यता, नपोली पनि कमजोर प्रतिद्धन्द्धी हैन । समूहमा नपोली अपराजित रहँदा पीएसजीले लिभरपुलसँग ३–२ को हार बेहारेको थियो । समूह ‘सी’ मा नपोली दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहँदा पीएसजी ३ अंकसहति दोस्रो स्थानमा छ ।
खेलको जानकारीः
खेलः पीएसजी विरुद्ध एस एस सी नपोली
प्रतियोगिताः युइएफए च्याम्पियन्स लिग
मितिः अक्टोबर २४, २०१८ बुधबार
समयः नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे (बिहिबार बिहान)
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]