default_image

6 years ago

October 24, 2018

बार्सिलोना विरुद्ध इन्टर मिलान : सम्पूर्ण जानकारी

74 views

0 Bookmark

क्याटलान (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्पनोउमा राति १२ः४५ बजेपछि शुनेछ ।

चोटका कारण इन्टरविरुद्धको खेलमा कप्तान लियोनेल मेस्सी उपलब्ध हुनेछैनन् । मेसीले शनिबार स्पेनिस ला लिगा अन्तर्गत सेभिल्लाविरुद्धको खेलमा हातमा चोट बोकेका थिए । उनी करिव तीन साता मैदान बाहिर रहनेछ । दुई खेलको समाप्तिमा बार्सिलोना समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । आफ्नो शीर्षतालाई यथावत राख्न पनि बार्सिलोना इन्टरलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । बार्सिलोनाले टोटेनहम र पीएसभीलाई पराजित गरिसकेको छ ।

यता, इन्टर मिलानले पनि यसअघि दुवै खेलमा जित हात पारेको छ । इन्टरले पनि टोटेनहम र पीएसभीलाई नै पराजित गरेको थियो । दुवै टोली अपराजित रहँदै दोस्रो चरण छनोटका लागि बलियो दावेदारी पेस गर्नेछ । बार्सिलोनाले पछिल्ला पाँच खेलमध्ये समान २–२ खेलमा जित र बराबरीको नतिजान निकाल्दा एक खेलमा हार बेहोरेको छ । यता, इन्टरले पछिल्ला सबै पाँच खेलमा शतप्रतिशत जित निकालेका कारण पनि बार्सिलोनालाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

खेलको जानकारीः

खेलः बार्सिलोना विरुद्ध इन्टर मिलान

प्रतियोगिताः युइएफए च्याम्पियन्स लिग

मितिः अक्टोबर २४, २०१८ बुधबार

समयः नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे (बिहिबार विहान)

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.