6 years ago
October 24, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । यो खेलका लागि चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी उपलब्ध हुने छैनन् ।
मेसी शनिबार भएको सेभिल्लाविरुद्ध लिग खेलमा घाइते भएका थिए । उनले तीन साता मैदानबाहिर बिताउने छन् । लिगमा केहि खराब सुरुवात भएपनि च्याम्पियन्स लिगमा बार्सिलोनाले अपेक्षित सुरुवात गरेको छ । २ खेलको समाप्तिमा टोली समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । बार्साले टोटेनहम र पीएसभीलाई पराजित गरिसकेको छ ।
यता इन्टर मिलानले पनि यसअघि दुवै खेल जितेको छ । इन्टर र बार्सिलोनाको खेलमा जित हासिल गर्ने टोलीले दोस्रो चरण छनोटका लागि बलियो दावेदारी पेस गर्नेछ । मेसी अनुपस्थित भएपनि बार्सिलोना जितको लागि तयार रहेको डिफेन्डर जोर्डी अल्बाले बताए । ‘इन्टर बलियो टोली हो । उनीहरुको प्रदर्शन पनि पछिल्लो केहि खेलमा निकै राम्रो रहेको छ । तर हामी तयार छौं । घरेलु मैदानमा जितको लागि नै खेल्नेछौं,’ उनले भने ।
‘मेसीको कमि पक्कै महसुस हुनेछ । उनी सबैको लागि महत्त्वपूर्ण खेलाडी हुन् । तर उनको कमी महसुस हुन नदिन अन्य खेलाडी पनि छन् । आउने केहि खेलका लागि हामीले मेसी बिनानै जित दर्ता गर्नुपर्छ,’ अल्बाले भने ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]