6 years ago
October 24, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – इटालियन महारथी युभेन्टसले यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
युभेन्टसले युनाइटेडलाई उसकै मैदान ओल्ड ट्राफर्डमा १–० ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युभेन्टसलाई जिताउन अर्जेन्टाइन पाउलो डिबाला निर्णायक गोल गरे । आफ्नो पूर्व क्लब फर्किएको सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असमर्थ रहे ।
प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले १७औं मिनेटमा नै खेलमा अग्रता लिन सफल भएको थियो । रोनाल्डोको क्रस पासमा जुवान क्वाडराडोले उपलब्ध गराएको पासलाई डिबालाले सदुपयोग गरेका थिए ।
पहिलो हाफमा घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले गोलका केही मौका खेर फालेको थियो । २२औं मिनेटमा क्यानसिलोको प्रहार युनाइटेडका गोलरक्षक डेभिड डे हेयाले बचाएका थिए । ३०औं मिनेटमा प्यानिचको प्रहार आकासिएको थियो । ३८औं मिनटमा करिव ३० यार्डबाट रोनाल्डोले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक डेभिडले मुस्किलले बचाएका थिए । लगत्तै जुवानको प्रहारलाई पनि जियाले विफल पारिदिएका थिए ।
पहिलो हाफमा पुरै युभेन्टसको दवावमा खेलेको युनाइटेडले दोस्रो हाफमा सुधारिएको खेल पस्किएपनि गोल गर्न सकेन । ५२औं मिनेटमा युनाइटेडका डेभिड डे हेयाले अर्काे सुन्दर बचाउ गर्दै संकट टारेका थिए । ७५औं मिनेटमा पल पोग्वाको प्रहार बारमा लागेर फर्कदा युनाइटेडले बराबरी गोल गर्नबाट चुक्यो । ८३औं मिनेटमा मार्सियलले गोलको मौका खेर फाले । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड घरेलु मैदानमा १–० ले पराजित हुन पुग्यो ।
समूह ‘एच’ मा अपराजित रहेको युभेन्टसको ३ खेलबाट ९ अंक पुगेको छ । युभेन्टससँग पराजित भएको युनाइटेड ४ अंकसहति दोस्रो स्थानमा यथावत छ । यो समुहमा योङ ब्वाइज र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
March 10, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]