6 years ago
October 23, 2018
मड्रिड (एजेन्सी) – साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति रुसी क्लब भिक्टोरिया प्लेजेनको सामना गर्दैछ ।
रियल र भिक्टोरिया प्लेजेनबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सान्टियागो बर्नवेउमा हुनेछ । यो सिजन निकै खराव प्रदर्शन दोहोर्याई रहेको रियल भिक्टोरियालाई पराजित गर्दै पुनरागमनको प्रयासमा हुनेछ । यो सिजन रियलले १६ खेल खेलिसक्दा ६ खेल गुमाइसकेको छ ।
सेप्टेम्वर २२ मा स्पेनिस ला लिगामा इस्पान्योललाई १–० ले पराजित गरेयता रियलले जितको स्वाद चाख्न पाएको छैन । त्यसयता रियालले ५ खेल खेल्दा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेलेको थियो ।
ला लिगामा सेभिल्लासँग ३–०, अलाभेससँग १–० र लेभान्टेसँग शनिबार २–१ ले निराश बनेको थियो । च्याम्पियन्स लिगमा रुसी क्लब सिएसकेए मस्कोसँग रियल १–० ले स्तब्ध भएको थियो ।
यस्तो अवस्थामा रियलले भिक्टोरियालाई पराजित गर्दै पूनरागमन गर्ने योजनमा हुनेछ । यसै सिजन प्रशिक्षक जिनेदिन जिदान र क्लबका सर्वाधिक गोलकर्ता रोनाल्डोले क्लब छाडेसँगै रियल कमजोर देखिएको थियो । तर, सिजनको शुरुवातमा राम्रो प्रदर्शन गरेपनि रियलले त्यसलाई निरन्तरता दिन सकेको छैन ।
रियलसँगविश्व स्तरका गोलरक्षक, केलर नाभा, थिवाउट कोर्टुवा, सर्जियो रामोस, मार्सेलो, राफेल भरान, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, मार्काे एसेन्सियो, इस्को, बेल बेन्जेमा, लुकास भास्क्वेज र भेनेसियस जुनियरजस्ता खेलाडी रहेपनि रियलले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन ।
त्यसैले भिक्टोरियाविरुद्धको खेल रियलका अर्काे परीक्षा हुनेछ । भिक्टोरियाविरुद्ध जित हात पार्न सके प्रशिक्षक जुलियन लुप्टेगुईको जागिर जोगिने सम्भावना रहन्छ । यता लगातार खराव प्रदर्शन गरिरहेको रियललाई स्तब्ध पार्ने रणनीतिमा भिक्टोरिया हुनेछ ।
समूह ‘जी’ मा रियल २ खेलबाट तीन अंक जोडेर तेस्रो स्थानमा छ । दुई खेलबाटै १ अंक जोडेको भिक्टोरिया पुछारमा रहेको छ । आज राति नै इटालियन क्लब रोमाले शीर्ष स्थानमा रहेको रुसी क्लब सिएसकेए मस्कोसँग प्रतिस्पर्धा गर्दैछ । मस्को ४ अंक जोडेर शीर्ष स्थानमा रहँदा रोमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
March 10, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]