default_image

6 years ago

October 23, 2018

एएफसी यू१९ छनोट : थाइल्यान्डलाई बराबरीमा रोक्ने नेपालको लक्ष्य

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१९ महिला च्याम्पियन २०१९ को छनोट खेलहरु बुधबारबाट थाइल्यान्डमा शुरु हुदैछ । नेपालले बलियो प्रसितद्धन्द्धी तथा आयोजक थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बलियो थाइल्यान्डविरुद्ध बराबरीका लागि खेल्ने बताएका छन् ।  ‘थाइल्यान्ड बलियो टोली हो । हामी थाइल्यान्ड विरुद्ध बराबरीका लागि खेल्नेछौं,’ प्रशिक्षक श्रेष्ठले प्रि–म्याच पत्रकार सम्मेलनमा मंगलबार भने, ‘डिफेन्समा बढी जोड दिएर काउन्टर अट्याकमा खेल्नेछौं । हामीसँग रेखा पौडेल एक्ला स्ट्राइकर हुनेछ । हाम्रो लक्ष्य थाइल्यान्डलाई बराबरीमा रोक्न सके हामीलाई दोस्रो चरण पुग्न सहज हुनेछ ।’ उनले थाइल्यान्ड आयोजकको नाताले सोझै दोस्रो चरणलाई छनोट हुदा यसको फाइदा नेपाललाई रहेको बताए । प्रशिक्षक श्रेष्ठले भारतविरुद्धको खेल झनै महत्वपूर्ण हुने बताए ।

‘हाम्रो टिममा कुनै खेलाडी घाइते छैनन् । साफ यू–१८ दौरान केही खेलाडीहरु घाइते थिए । अहिले सबैजना रिकभर भैसकेका छन् । यो हाम्रो लागि सुखद् पक्ष हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘टिमवर्क नै हाम्रो टोलीको बलियो पक्ष हो । टिम सन्तुलित नै छ । सिनियर तीन राष्ट्रिय खेलाडी सरु लिम्बु, अन्जना रानामगर र मन्जली योन्जन टिममा रहेकाले टिम सन्तुलित देखिएको छ ।’

उनले एएफसीको लागि थौरे प्रशिक्षण गर्ने मौका पाएपनि साफ यू–१८ को अनुभव नै थाइल्यान्डका लागि प्रयोग हुने बताए । यस्तै उनले थाइल्यान्डको टोलीको केही फुटेजहरु हेरेको र उनीहरुमा फरवार्ड र दाया विङ्समा धेरै बलियो रहेको बताउदै उनीहरुलाई रोक्ने आफ्नो योजना रहेको सुनाए ।

प्रशिक्षक श्रेष्ठले प्रतियोगिताको पहिलो खेल सधै गाह्रो हुने बताउदै थाइल्यान्डलाई पनि गाह्रै हुने बताए । यता, थाइल्यान्डका प्रशिक्षक अरुण तुलवाटटनानघुलले प्रतियोगिताको लागि डेढ महिनाको तयारी गरेको बताए । उनले यो समयमा १० दिन चीनमा केही मैत्रीपूर्ण खेल खेलिएको र यही टोलीले उत्तर कोरिया, मेक्सिका र चीनसँग तीन अन्तर्राष्ट्रिय खेल खेलेको बताए । उनले नेपाल र थाइल्यान्डबीचको टिममा बराबरीकै रहेको बताए ।

‘हामीले नेपालको खेल बुझेका छैनौं । हामी आयोजकको नाताले दोस्रो चरणका प्रवेश गरिसकेका छौं । यो हाम्रो लागि दोस्रो चरणको तयारीका लागि हुनेछ,’ प्रशिक्षक अरुणको प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘तयारीकै लागि भएपनि हामी समूहको तीनै खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्य हुनेछ ।’

नेपाली टोलीका कप्तान सरु लिम्बुले बलियो थाइल्यान्डविरुद्ध सावधानीपूर्वक खेल्ने बताइन् । ‘हाम्रो लक्ष्य जित नै हो । हामी प्रशिक्षकको सल्लाह र रणनीतिमा मैदान उत्रनेछौं । मलाई विश्वास छ कि मेरो टिमले थाइल्यान्डलाई पराजित गर्नेछ,’ कप्तान सरुले भनिन् ।

नेपाली टोलीका सहायक प्रशिक्षक श्री प्रकाश वैद्यका अनुसार नेपाली टोलीले आज साँझ करिव २ घन्टा सामान्य प्रशिक्षण गर्नेछ ।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.