6 years ago
October 23, 2018
म्यानचेस्टर (एजेन्सी) – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्होलाई रियल म्याड्रिडले दोस्रोपटक क्लबमा आवद्ध गर्न चासो देखाएको इङ्ग्लिश समाचार श्रोतहरुले जनाएका छन्।
रियल म्याड्रिडको खराब प्रदर्शनका कारण जुलेन लोपेटेगुईलाई रियलले बर्खास्त गरेमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई भित्राउन सक्ने बिबिसीले जनाएको छ। लोपेटेगुई यसै सिजनमात्र जिनेदिन जिदानको स्थानमा रियाल सम्हाल्न आएपनि रोनाल्डो विनाको म्याड्रिडले खराब सुरुआत गरेपछि उनको स्थान सुरक्षित छैन।
तर मोउरिन्हो भने युनाइटेडमा खुशी रहेको र अन्य कतै जाने योजना नरहेको बताउँछन्। मोउरिन्होले च्याम्पियन्स लिगमा युभेन्टससँगको खेलअघि भने, “म युनाइटेडमा खुशी छु। हाल म म्यानचेस्टर युनाइटेड बाहेक केही सोची रहेको छैन। मेरो सम्झौताको अन्त्यसम्म युनाइटेडलाई सम्हाल्ने योजना छ “, मौरिन्हो २०२० सम्म ओल्ड ट्राफर्ड क्लबमा आबद्ध छन् ।
यसअघि पनि मोउरिन्हो रियल म्याड्रिडका प्रशिक्षक भइसकेका छन् । पछिल्लो पटक मोउरिन्हो रियलमा तेस्रो सिजनमा बर्खास्त भएका थिए । उनले त्यसदौरान क्लबका लागि लिग उपाधि भने जिते । रियल बसाईंका दौरान मोउरिन्होको सिनियर खेलाडीसँग खटपट बढेको थियो । केहि खेलाडी त क्लब छाड्न बाध्य नै भए ।
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]