default_image

6 years ago

October 23, 2018

आर्सनल लिगको चौथो स्थानमा उक्लियो

80 views

0 Bookmark

लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिग अन्तरगत सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई ३–१ को गोल अन्तरमा पराजित गर्दै आर्सनल लिगको चौथो स्थानमा उक्लन सफल भएको हो ।

आर्सनलले समान ९ खेलबाट २१ अंक जोडेको टोटनहम हस्टपरलाई गोल अन्तरमा पछि पारेको हो । समान २१ अंक नै भएपनि चेल्सी गोल अन्तरकै आधारमा तेस्रो स्थानमा रहेको छ ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा पिएरे हेनरिक औवामियाङले २ तथा कप्तान मेसुट ओजिलले एक गोल गरे । लेस्टरले हेक्टर बर्लिनबाट उपहार गोल पाएको थियो ।

हेक्टरको आत्मघाती गोलबाट ३१औं मिनेटमा पछि परेको आर्सनलले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काएको थियो । डिफेन्डर चिलवेलको लो क्रस बर्लिनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । आत्मघाती गोल गरेका बर्लिनकै लो क्रसमा कप्तान ओजिलले सुन्दर गोल गरेका थिए ।


पहिलो हाफमा सघंर्षपूर्ण बनेपनि आर्सनलले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कदै २ गोल गर्न सफल भयो । दुवै गोल पिएरे हेनरिक औवमियाङको नाममा रह्यो । ६३औं मिनेटमा औविमियाङले मेसुट ओजिलको थ्रु पासमा बर्लिनले क्रस गरेको बललाई गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि नै औवामियाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । यसपटक कप्तान ओजिलको पासलाई औवामियाङले सदुपयोग गरेका थिए ।

आर्सनलसँग पराजित भएको लेस्टर सिटी १२अंकसहित ११औं स्थानमा छ ।

म्यानचेस्टर सिटी २३अंकसहित लिगको शीर्षस्थानमा रहँदा समान २३ अंक नै रहेपनि लिभरपुल गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

March 10, 2025

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.